![](https://koshisandesh.com/wp-content/uploads/2021/11/cricket.jpg)
![](https://koshisandesh.com/wp-content/uploads/2021/11/cricket.jpg)
काठमाडौं । प्रधानमन्त्री कप टि–२० क्रिकेट प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मीलाई पराजित गर्दै अर्को विभागीय टिम नेपाल पुलिसले लगातार दोस्रो जित निकालेको छ। समूह–ए अन्तर्गत दोस्रो खेलमा आर्मीलाई पुलिसले चार विकेटले पराजित गरेको हो।
अंक तालिकामा पुलिस दुई जितसहित चार अंक बनाएर शीर्ष स्थानमा छ। आज टियु मैदान कीर्तिपुरमा भएको पहिलो खेलमा आर्मीले पुलिसलाई जितका लागि १३८ रनको लक्ष्य दिएको थियो। जवाफमा उक्त लक्ष्य पुलिसले १२ बल बाँकी हुँदै ६ विकेट गुमाएर पूरा गर्यो। यस्तै, पुलिसलको जितमा ओपनर कुशल भुर्तेलले उत्कृष्ट इनिङ खेल्दा मध्यक्रम पनि राम्रो लयमा देखियो।
कुशलले पुलिसको जितमा २२ बलमा ३५ रन बनाउनुभयो । त्यस्तै‚ अनिल साहले २२ रन बनाउँदा दिलिप नाथले २५ रन बनाउनुभएको थियो । त्यस्तै‚ रसिद खानले १९ बलमा २८ रनको इनिङ खेल्दा योगेन्द्र सिंह कार्की ९ रनमा अविजित रहनुभयो भने,आर्मीका सहाव आलमले ३ विकेट र जितेन्द्र मुखियाले २ विकेट लिनुभएको थियो ।
त्यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको आर्मीले १९ दशमलव ५ ओभरमा अलआउट हुँदै १३७ रनमा समेटियो। आर्मीलाई पूरा ओभर खेल्न नदिने क्रममा करण केसीले उत्कृष्ट बलिङ गर्नुभएको थियो । उहाँले ४ विकेट हात पार्नुभयो । आर्मीका लागि ओपनिङ गर्नुभएका सोमपाल कामीले ३५ बलमा ४२ रनको योगदान दिंदा कप्तान विनोद भण्डारीले ३६ बलमा ४४ रन बनाउनुभयो ।
त्यस्तै हरि चौहान, कुशल मल्ल र शुसन भारीले समान १२–१२ रनको योगदान दिनुभएको थियो । पुलिसका लागि करणसँगै थप विकेट लिने खेलाडीमा गुल्सन झा र योगेन्द्र सिंह कार्की समान २–२ विकेट लिंदा आरिफ शेख र दिपेन्द्र सिंह ऐरीको नाममा १–१ विकेट रह्यो।