पनौतीमा लाग्ने १२ वर्षे मकर मेला स्थगित

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा लाग्ने १२ वर्षे मकर मेला स्थगित भएको छ।

जिल्ला कोभिड व्यवस्थापन समिति डिसिएमसीको आज बसेको बैठकले माघ १ गतेबाट सुरू हुने मकर मेलाको कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो।

पछिल्लो समय कोभिड–१९ तीव्र रूपमा फैलिँदै गएकाले सार्वजनिक स्थलहरूमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला तथा महोत्सव नगर्न प्रशासनले आग्रह गरेको छ।

त्यस्तै, मकर मेला स्थगित गरे पनि सुरक्षाका मापदण्ड अपनाइ स्नान भने गर्न दिइने निर्णयमा उल्लेख गरिएको छ।

Back to top button