छानबिन समितिले सोधपुछ नै गरेन :आनन्दराज बतास

काठमाडौं । बतास अर्गनाइजेशनका अध्यक्ष आनन्दराज बतासले नारायणहिटी दरबार सङ्ग्रहालयभित्र बतास समूहलाई कफीसप सञ्चालन लगायतका व्यापारिक गतिविधि सञ्चालन गर्न दिने ठेक्का सम्झौताबारे छानबिन गर्न गठित सरकारी समितिले आफूहरूसँग कुनै प्रतिक्रिया नै नलिई रिपोर्ट बुझाएको भन्दै असन्तुष्टि जनाउनु भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव होम प्रसाद लुइँटेल नेतृत्वको पाँच सदस्यीय समितिले सोमबार प्रतिवेदन मन्त्री प्रेमबहादुर आलेलाई बुझाउँदै सार्वजनिक गरेको थियो । तर, उक्त समितिले एकपक्ष आफूहरू (बतास समूह) सँग भने कुनै सोधपुछ नै नगरेको भन्दै असन्तुष्टि जनाउनु भएको हो ।

नारायणहिटी दरबार सङ्ग्रहालय एवम् गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिले त्यहाँ क्यान्टिन र क्याफेटेरिया सञ्चालनका लागि टेन्डर आह्वान गरेपछि आफूहरूले प्रक्रियागत रूपमा नै टेण्डर हालेको उहाँको दावि थियो ।

३५ दिने सूचनामा सकैले पनि टेन्डर हालेनन्, १५ दिन थप गरेपछि हामीले थाहा पायौँ र हाल्यौँ । तर यसबारे हामीले छानबिन समितिसँग आफ्नो कुरा राख्न नै नपाएको उहाँले गुनासो गर्नु भएको छ ।

Back to top button