एमाले कास्कीमा मनबहादुर गुरुङ विजयी

पोखरा । नेकपा एमाले कास्कीको जिल्ला अध्यक्षमा मनबहादुर गुरुङ विजयी हुनुभएको छ । निवर्तमान कार्यवाहक अध्यक्ष रहनुभएका गुरुङले ४ सय ५६ मत ल्याएर विजयी हुनुभएको हो ।

प्रतिस्पर्धी दामोदर बैरागीले ४ सय ७ मत ल्याउनुभएको छ । शुक्रबारदेखि सुरु भएको जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्न नसकेपछि गुरुङ र बैरागीले आ–आफ्नो प्यानल बनाएर चुनावी मैदानमा उत्रनुभएको थियो ।

उपाध्यक्षमा गुरुङ्ग प्यानलका तेजनारायण अधिकारी ४ सय २१ मत ल्याएर विजयी हुनुभएको छ । प्रतिस्पर्धी प्रभा कोइरालाले ४ सय १३ मत ल्याउनुभयो ।

सचिवमा बैरागी प्यानलका बैनबहादुर क्षेत्रीले ४ सय ७५ मत ल्याएर विजयी हुँदा विष्णुबहादुर केसीले ३ सय ६४ मत ल्याउनुभयो । उपसचिवमा दर्शन लामाले ५ सय ४० र नवराज ओझाले ४ सय ४३ मत पाएर विजयी हुनुभएको हो ।

एमाले जिल्ला अधिवेशनमा ९१९ जना प्रतिनिधिमध्ये ८९५ जनाले मतदान गरेका थिए ।

Back to top button