भारतमा पछिल्लो २४ घण्टा भित्रै करिब १ लाख ९५ हजार जनामा कोरोना संक्रमित

काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमितहरुको संख्या पछिल्ला दिनमा तीव्र गतिमा फैलिएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार हिजो २४ घण्टा भित्रै १ लाख ९४ हजार ७२० जनामा संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण ४४२ जनाको मृत्यु गएको छ । भारतमा अहिले सक्रिय संक्रमितको संख्या ९ लाख ५५ हजार ३१९ रहेको छ। दैनिक संक्रमणदर ११ दशमलव ०५ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांकमा उल्लेख छ।

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको कूल संख्या ४ हजार ८६८ पुगेको छ। सोमबारको तुलनामा हिजो भारतमा संक्रमितको संख्या २६ हजार ६५७ ले बढेको हो। सोमबार भारतमा थपिने नयाँ संक्रमितको संख्या १ लाख ६८ हजार ६३ थियो।

Back to top button