म हराएकी छैन, विगतमा केही फिल्म गरेकोमा भने पछुतो छ : अनु शाह

काठमाडौं । चलचित्र ‘भैरव’मा काम गर्दासम्म अभिनेत्री अनु शाहको राम्रै क्रेज थियो । तर, अहिले उहाँ चलचित्रको पर्दाबाट हराएजस्तै हुनुभएको छ ।

उहाँ भने दर्शकले आफूलाई माया गरेसम्म यो क्षेत्रबाट टाढा नहुने बताउनुहुन्छ । तर, आफ्नो करिअरमा केही चलचित्रमा काम गरेकोमा भने अहिले पछुतो लागेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘म अहिले पनि करिअरदेखि खुशी छु ।

आफ्नो तरिकाले काम त गरिरहेको नै छु । तर, मलाई करिअरमा २–३ वटा चलचित्र भने नगरेको भए हुन्थ्यो कि भन्ने लाग्छ । म चलचित्रको नाम त लिन चाहन्नँ । तर, ती चलचित्रमा काम गरेकोमा पछुतो भने छ ।’

उहाँले कुनै न कुनै तरिकाले दर्शकमाझ आउन आवश्यक भएकाले सोही अनुसार आफू अगाडि बढेको पनि बताउनुभयो । अनुले घरमा लुकेर कोही पनि स्टार नहुने समेत बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘म त सार्वजनिक कार्यक्रममा मज्जाले पुग्छु । बाटोमा पानीपुरी, मःम पनि खान्छु । घरमा लुकेर स्टार बनिन्छ भन्ने मलाई लाग्दैन ।’अभिनेता सविन श्रेष्ठसँग प्रेम सम्बन्धमा रहनुभएकी अनुले अहिले नै विवाह गर्ने तयारी भने नगरेको बताउनुभयो। बाहिर हल्ला गरिएजस्तो सविनसँग आफू लिभिङ टुगेदरमा नरहेको पनि उहाँले प्रष्ट पार्नुभयो।

Back to top button