भीम रावलको गृहजिल्लामा ओली पक्षका नेता विजयी

धनगढी । नेकपा एमाले अछामको अध्यक्षमा चन्द्रबहादुर बोहरा विजयी हुनु भएको छ। ४३१ मत ल्याएर केपी शर्मा ओली पक्षका बोहरा अध्यक्षमा वियजी हुनु भएको हो ।
अध्यक्षका प्रतिस्पर्धी भीम रावल पक्षका उम्मेदवार प्रकाशबहादुर शाहलाई एकसय २५ मतले पछि पार्दै बोहरा अध्यक्षमा विजयी हुनु भएको हो ।

समितिका अनुसार ७५० मत खसेकोमा शाहले ३०७ मत मात्रै ल्याउनु भएको थियो । ओली र रावल पक्ष प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका थिए। यस्तै उपाध्यक्षमा शाह प्यानलका उपाध्यक्ष बलबहादुर कुँवरले तीनसय ६ मत ल्याएर विजयी हुनु भएको छ ।

बोहरा पक्षका उपाध्यक्ष पदमा भीमबहादुर विष्टले ३ सय १३ मत ल्याएर पराजित हुनु भएको छ । सचिवमा पनि शाह पक्षकै भीमबहादुर रावल(९कालोटोपी) चारसय ५३ मतले विजयी हुनु भएको छ । सचिव पदका अर्का उम्मेदवार आदर्श साउँदले दुईसय ५ मत ल्याएर पराजित हुनु भएको छ ।

दुई उपसचिवका लागि सात जनाको उम्मेदवारी परेकोमा डम्बर बिसी र प्रेम महर विजयी हुनु भएको छ । बोहरा पक्षका बिसीले दुईसय ६० मत र शाह पक्षका महरले दुईसय ५२ मत पाएर विजयी हुनु भएको छ ।
उपसचिवमा टोपबहादुर शाही दुईसय ४४, प्रेम खत्री दुई २१, लिलाराज केसी एकसय ३९, शेरबहादुर बुढा ७२ र नवराज साउँदले ६२ मत प्राप्त गरेर पराजित हुनु भएको छ ।

विजयी हुने पदाधिकारी मध्येमा संघीय निर्वाचन क्षेत्र नम्बर १ मा एक उपसचिवबाहेक सबै क्षेत्र नम्बर २ का छन्। सर्वसम्मतिको प्रयास असफल भएपछि निर्वाचन प्रक्रियाबाट जिल्ला नेतृत्व चयन गरिएको हो।

अछाममा सातसय ६२ मतदाता रहेकोमा सातसय ५० जनाले मतदान गरेका थिए। यस्तै भूगोल, महिला, दलित, जनजाति, अल्पसंख्यक र अपाङ्ग तर्फको जिल्ला कमिटी सदस्यको मतगणना आज रातिबाटै सुरु हुने बताइएको छ।

Back to top button