प्रदेश १ सरकारका यस्ता छन ५ निर्णयहरु

विराटनगर । प्रदेश १ सरकारको आज बसेको मन्त्री परिषद्को बैठकले मुख्यमन्त्रीको संयोजकत्वमा कोरोना रोकथाम तथा नियन्त्रण निर्देशक समिति गठन गरेको छ ।समितिको सदस्यहरूमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बो, आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्की, सामाजिक बिकास मन्त्री जयराम यादव, विराटनगर महानगरपालिका मेयर भिम पराजुली, मुख्य सचिव डा.राम प्रसाद घिमिरे मोरङका प्रमुख जिल्ला अधिकारी लगायत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी रहने गरी समिति बनाएको छ ।

मुख्यन्याधिबत्ताको आर्थिक बर्ष ०७७/०७८ को वार्षिक प्रतिवेदन संसदमा पेश गर्ने निर्णय गरेको आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले बताउनु भयो ।
आङ्बोका अनुसार संघीय सरकारले प्रदान गर्ने समपूरक र बिशेष अनुदानका लागि १५ वटा योजनाको राष्ट्रिय योजना आयोगमा पठाउने समेत निर्णय गरेको छ । अस्पतालको स्तर उन्नती तथा कृषि अनुदान देखी पुर्वाधार निर्माणका सूची आयोगमा पठाउने निर्णय गरेको छ ।केहि अनुदान मुखि र केहि विकास निर्माण समनिधका योजनाहरु रहेका छन । आयोगमा भोलि सम्ममा पठाइ सक्नु पर्ने भएपनि आजनै मन्त्रीपरिषदको बैठक राखिएको हो ।

प्रदेशसभामा भिम आचार्य नेतृत्वको सरकारले पेश गरेका केहि प्रदेश ऐनहरू फिर्ता लिने निर्णय समेत आजको बैठकले गरेको छ । संसोधन गरेर पेश गरीने मन्त्री आङ्बोले बताउनु भयो ।

मन्त्रालय फुटाउने तयारीमा रहेको सरकारले कर्मचारी ब्यवस्थापनका लागि प्रमुख सचिवको डा. राम प्रसाद घिमिरेको संयोजकत्वमा एक समिति गठन गरेको छ ।

यो समितिले कर्मचारीको अबस्था बुझेर आउने मन्त्रिपरिषदको बैठकमा पेश गर्ने जनाएको छ । कर्मचारीको संगठन ढाँचा भित्र नै रहेर आर्थिक व्ययभार नबढ्ने गरी यो समितिले प्रतिवेदन पेश गर्ने मन्त्री आङ्बोले बताउनु भयो ।

Back to top button