थप ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ५ हजार ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ भने ३०६ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्।

हाल देशभर १८ हजार २३५ सक्रिय संक्रमित रहेका छन्। पहिल्लो २४ घण्टामा १३ हजार ४७४ पीसीआर र ७ हजार ८६ एन्टिजेन परीक्षण गरिएको छ।

Back to top button