स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता स्थगित

काठमाडौं । जिल्ला टेबलटेनिस संघको आयोजनामा हुने भनिएको ११ औं पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता स्थगित भएको छ ।

केबी साम अल्मुनियम इन्डस्ट्रिज प्रा.लि. को मुख्य प्रायोजनमा हुन लागेको प्रतियोयिगता कोरोना भाइरसको बढ्दो लहरका कारण स्थगित गर्नुपरेको संघका अध्यक्ष धर्ममान बज्राचार्यले जानकारी दिनुभयो ।

अध्यक्ष बज्राचार्यका अनुसार स्थिति अनुकूल भए प्रतियोगिता फागुन पहिलो सातामा गर्ने तयारी छ ।

‘सबैका लागि टेबलटेनिस’ भन्ने नारा साथ हुन लागेको प्रतियोगिता माघ १ देखि ८ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने तय भएको थियो ।

Back to top button