बेलबारी २ मा बिभिन्न पार्टी परित्याग गरी ५० बढी नेता,कार्यकर्ता नेकपा एसमा प्रवेश

बेलबारी । मोरङको बेलबारी २ मा बिभिन्न पार्टी परित्याग गरी ५० बढी नेता,कार्यकर्ता एकिकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन ।

नेकपा एमाले,एकिकृत माओबादी लगायत बिभिन्न पार्टी परित्याग गरी ५० जना भन्दा बढी नेता कार्यकर्ता नेकपा एकिकृत समाजवादी पार्टीमा प्रबेश गरेका हुन । । पार्टी प्रबेश गर्नेहरुलाई जिल्ला ईन्चार्ज हर्कमान तामाङ,जिल्ला सदस्य खिनामाया थापा नगर अध्यष भुपाल बस्नेत, नगर इन्चार्ज कमल कोइराला लगायतले स्वागत गर्नु भएको थियो ।

एमालेबाट राजकुमार भटट्,राजन गिरी,सन्तोष योञ्जन,गोबिन्द भण्डारी,पुष्कर निरौला लगायतले पार्टी प्रबेश गरेको अध्यक्ष बस्नेतले बताउनु भयो । केही दिन अघि सोही वडाबाट वडा सदस्य तथा बेलबारी नगर कार्यपालिका सदस्य खिनामाया बस्नेत एमाले परित्याग गरि एकिकृत समाजवादीमा प्रवेश गर्नु भएको थियो । बस्नेत नेकपा एसमा प्रबेश गरेपछि एमालेका लागि बेलबारी २ कमजोर बनेको छ ।

Back to top button