कोरोना नियन्त्रणमा सवै एकजुट हुनुपर्छः प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना नियन्त्रणमा सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कोरोना रोकथामको लागि बुझाएको २२ बुँदे ध्यानाकर्षण पत्रलाई बुझ्दै प्रधानमन्त्री देउवाले ‘कोरोना नियन्त्रण गर्न सरकार प्रतिबद्ध भएर लागेको बताउनुभएको छ ।

सरकार नागरिकको स्वास्थ्यप्रति गम्भीर रहेको भन्दै उहाँले कोरोना नियन्त्रण र रोकथामका लागि तेरो, मेरो पार्टी नभनी सबै एक हुनुपर्ने बताउनुभयो । सबैको सहकार्य र एकताबाट कोरोना नियन्त्रण र रोकथाम गर्न सफल हुनसक्ने देउवाको विश्वास छ।

कोरोनाको खोपको व्यवस्थापन गरेको बताउँदै सबै नागरिकलाई दुवै डोज खोप सरकारले तयारी गरिरहेको बताउनुभयो । तेस्रो लहर धेरै तीव्र गतिमा फैलिएको हुनाले सचेत अपनाउन आग्रह गर्नुभयो ।

Back to top button