विराटनगरमा चित्रगुप्त समाजको आफ्नै भवन

विराटनगर । चित्रगुप्त समाज कल्याण परिषदले विराटनगरमा आफ्नै भवन निर्माण गरेको छ । विराटनगर १० मा २० लाखको लागतमा निर्मित ६ कोठे भवनको विराटनगर महानगर प्रमुख भीम पराजुलीले शनिबार उद्घाटन गर्नुभयो ।

भवन निर्माणका लागि महानगरले १० लाख, वडा कार्यालय १० ले ५ लाख र प्रदेश सांसद विद्यानन्द माझीले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमअन्तर्गत ५ लाख रुपैयाँ सहयोग गरेको परिषदका अध्यक्ष डा. नविन कर्णले बताउनुभयो ।

महानगर प्रमुख पराजुलीले परिषद भवन निर्माणका लागि चालु आर्थिक वर्षमा थप ५ लाख बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।

Back to top button