गैंडाको आक्रमणबाट एकजनाको मृत्यु

चितवन । पश्चिम चितवनमा गैंडाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका भरतपुर महानगरपालिका–२८ गोलाघाटका ६० वर्षीय सुकबहादुर कुमाललाई गैंडाले आक्रमण गरेको हो ।

गैंडाको आक्रमणबाट अचेत बन्नुभएका कुमालको उपचारका लागि भरतपुर लैजादैगर्दा बाटोमै मृत्यु भएको हो । घाँस काट्न जानुभएका सुकबहादुर अबेरसम्म घर नफर्किएपछि स्थानीयले खोजी गर्दै जाँदा अचेत अवस्थामा फेला पारेका थिए ।

मृतकको शवलाई भरतपुर अस्पतालमा राखिएको छ। यस विषयमा निकुञ्जलाई भने केही जानकारी नरहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताउनुभयो ।

Back to top button