सङ्खुवासभामा सत्तारुढ चारदलीय संयन्त्र गठन

खाँदबारी । चारदलीय गठबन्धनको बैठकले अरुण तेस्रो जलविद्युत् आयोजनाका प्रभावितको समस्या समाधानका लागि विशेष पहल गर्ने निर्णय गरेको छ।

जिल्लाभित्र निर्माण हुने र निर्माणाधीन आयोजनाहरुको सूक्ष्म अध्ययन तथा निगरानी राख्ने र जिल्लामा हुने अनियमितता, भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने र सुशासन कायम गराउने पनि बैठकले निर्णय गरेको छ।

यस्तै, सत्ता साझेदार दलहरु नेपाली कांग्रेस , नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको हालै सम्पन्न बैठकले यो निर्णय गरेको हो।  यसका लागि कांग्रेस सङ्खुवासभाका सभापति दीपक खड्काको संयोजकत्वमा जिल्लास्तरीय राजनीतिक संयत्र गठन गरिएको छ।

समितिको सदस्यमा एकीकृत समाजवादीका जिल्ला संयोजक हेमराज घिमिरे, माओवादी केन्द्रका अध्यक्ष कृष्ण जिमी र जनता समाजवादी पार्टीका अध्यक्ष कवानसेन राई रहेको कांग्रेसका महाधिवेशन प्रतिनिधि दीपेन्द्र वान्तवाले जानकारी दिनुभयो ।

Back to top button