कोरोनाविरुद्धको खोपमा जोड दिन स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडाको आग्रह

विराटनगर । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोरोनाविरुद्धको खोपमा जोड दिन आग्रह गर्नु भएको छ ।

प्रदेश १ को मुख्यमन्त्री कार्यालयमा भएको एक कार्यक्रममा उहाँले संघले चाहेजति खोप उपलब्ध गराउने भन्दै प्रत्येक जनतामा खोप पुर्‍याउन प्रदेश सरकार सँग आग्रह गर्नु भएको हो ।

खोप कम लगाएका पालिका तथा जिल्लामा तिथिमिति तोकेर चैत मसान्तसम्ममा १८ वर्षमाथि उमेर समूहका सबैलाई खोप लगाइसक्न प्रदेश सरकार सँग उहाँले आग्रह गर्नु भएको हो ।

‘खुला दिशामुक्त घोषणा गर्दा शौचालय नबनाउने परिवारलाई सरकारी सेवासुविधामा रोक लगाएजस्तै खोप नलगाउनेलाई पनि रोक लगाउन सकिन्छ,’ उहाँले भन्नुभयो, ‘तर त्यसका लागि सरकारले पनि जनताको सहज पहुँच पुग्ने स्थानमा खोपको व्यवस्था गर्नुपर्छ ।’

मालपोत, नगरपालिकालगायत सरकार कार्यालयको आसपास खोप सेवा सञ्चालन गरेर खोप कार्ड अनिवार्य गरिए खोप अभियानको लक्ष्य प्राप्तिमा सहज हुने उहाँले बताउनु भयो ।

उहाँले एमबीबीएस पढाइ सकेर तालिममा खटिएका विद्यार्थीहरूलाई प्रयोग गरेर स्वास्थ्यकर्मीको अभाव हुन नदिनेसमेत बताउनु भयो ।

Back to top button