तीन तहको निर्वाचन गर्न प्रधानमन्त्री र प्रचण्ड सहमत

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीचको भेटवार्तामा स्थानीय निर्वाचनका बारेमा कुराकानी भएको छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति तोक्न गरेको आग्रहबारे दुई नेताबीच छलफल भएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

भेटमा निर्वाचनबारे संबैधानिक व्यवस्थाअनुसार नै तीन तहको निर्वाचन गर्न दुवै नेता सहमत भएको उहाँले बताउनुभयो ।

त्यसका लागि भोलि बिहान उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बोलाउने र समितिको सुझाव अनुसार चुनावको मिति तोक्ने बारेमा समेत उहाँहरुबीच छलफल भएको बुझिएको छ।उच्चस्तरीय समन्वय समितिको बैठक भोलि बिहान ९ बजे बस्ने भएको छ ।

Back to top button