२ नम्बर प्रदेशको नाम ‘मधेश प्रदेश’

जनकपुर । प्रदेशसभा गठन भएको ४ वर्षपछि २ नम्बर प्रदेशले आफ्नो नाम ‘मधेश प्रदेश’ राख्न सफल भएको छ ।

प्रदेश सभाको आज बसेको बैठकमा मधेश प्रदेश नाम राख्ने प्रस्तावलाई दुईतिहाइ मतले स्वीकृत गरेको छ ।

प्रदेश सभामा भएको मतदानपछि मतपरिणाम सुनाउँदै सभामुख सरोजकुमार यादवले मधेश प्रदेशको पक्षमा ८० जना सांसदले मतदान गरेको घोषणा गर्नु भयो ।

कूल १०४ जना सांसद रहेकोमा उपस्थित भएका ९९ जना सांसदमध्ये ८० जनाले मधेश प्रदेशको पक्षमा मतदान गर्नु भएको थियो ।

यसअघि स्थायी राजधानीका लागि ‘जनकपुरधाम’को प्रस्तावमा पनि ९९ जना सांसदमध्ये ७८ जनाले पक्षमा मतदान गरेर दुईतिहाइ मतले स्वीकृत गरिएको थियो ।

 

Back to top button