पछिल्लो २४ घन्टामा १० हजारभन्दा बढी कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभरमा १० हजार २ सय ५८ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २२ हजार ८ सय २८ जनामा गरिएको परीक्षणमा १० हजार २ सय ५८ जना संक्रमित भेटिएका हुन्।

आज एकको मृत्यु भएको छ भने ५ सय ६२ जना संक्रमणमुक्त भएका छन्।

Back to top button