मधेश प्रदेश बनेकोमा प्रदेशसभा सदस्य तथा प्रदेशवासीलाई प्रचण्डको बधाई

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश २ को नाम आफू नेतृत्वको पार्टीले उठाउँदै आएको पहिचनासहितको संघीयताको मर्मअनुसार ‘मधेश’ राखिएको भन्दै बधाई दिनुभएको छ ।

यस्तै, आज सामाजिक सञ्जालमा अध्यक्ष प्रचण्डले आफू नेतृत्वको पार्टीले उठाउँदै आएको पहिचनासहितको संघीयताको मर्मअनुसार प्रदेशको नाम मधेश राखिएको भन्दै प्रदेशसभा सदस्य तथा प्रदेशवासीलाई बधाई दिनुभएको हो ।

उहाँले लेख्नुभएको छ, ‘हाम्रो पार्टीले उठाउँदै आएको पहिचान सहितको संघीयताको मर्म अनुसार नै प्रदेश नं. २ को प्रदेश सभा बैठकले प्रदेशको नाम मधेस प्रदेश र प्रदेश मुकामःराजधानी जनकपुर बनाउन सफलता प्राप्त गरेकोमा माननीय प्रदेशसभाका सम्पूर्ण सदस्यहरू र मधेस प्रदेशका सबै न्यायप्रेमी जनसमुदायमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु।’

Back to top button