सेयर बजारमा ३८ अंकको गिरावट

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक आज पनि घटेको छ। आज नेप्से परिसूचक ३८ दशमलव ३५ अंकले घटेर २ हजार ८९८ दशमलव ३१ विन्दुमा झरेको छ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव ८१ अंकले घटेको छ। आज कारोबारमा आएका २२८ कम्पनीको १ करोड १८ लाख ३७ हजार २१५ कित्ता सेयर ६ अर्ब २ करोड १३ लाख ११ हजार ८८१ रुपैयाँमा खरिद बिक्री भएको छ।

आज कारोबार रकम पनि घटेको छ। हिजो ८ अर्ब बढीको सेयर कारोबार भएकोमा आज ६ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ। आज कारोबारमा आएका १३ वटै उपसमूहको सूचकमा गिरावट आएको छ। जसमा व्यापार उपसमूह, फाइनान्स उपसमूह, विकास बैंक उपसमूहको सूचक भारी अंकले गिरावट आएको छ।

आज कारोबारमा आएको बुद्धभूमि हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा बढी ९ दशमलव ९७ प्रतिशतले बढेको छ। सामलिङ्ग पावरको ९ दशमलव ९६ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकको ४ दशमलव २९ प्रतिशत र सेञ्चुरी बैंकको २ दशमलव ७९ प्रतिशतले बढेको छ।

त्यस्तै घलेम्दी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ४ दशमलव ३४ प्रतिशतले घटेको छ। कालिका लघुवित्तको ४ दशमलव २३ प्रतिशत, मध्य भोटेकोशी हाइड्रोपावरको ३ दशमलव ८३ प्रतिशत र गुह्वेश्वरी फाइनान्सको ३ दशमलव ६७ प्रतिशतले घटेको छ।

कारोबारको आधारमा अपी पावरको सबैभन्दा धेरै २० करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ। अन्य अरुण भ्याली हाइड्रोपावरको २० करोड ७ लाख, जलविद्युत लगानी तथा विकास कम्पनीको १५ करोड ३१ लाख, अपर तामाकोशीको १५ करोड २१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

Back to top button