जाँचेकामध्ये ४८ दशमलव ५३ प्रतिशतमा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा परीक्षण गरिएकामध्ये ४८ दशमलव ५३ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ।

गएको २४ घन्टामा पीसीआर १८ हजार ७८ र ५ हजार ३ सय ३१ गरी कुल २३ हजार ३ सय ८९ जनामा परीक्षण गरिएकामा ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यो अहिलेसम्मकै एकै दिन देखिएको सबैभन्दा उच्च कोरोना संक्रमितहरुको संख्या हो। स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६२८ पुगेको छ। यस्तै आज ६१३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभर सक्रिय संक्रमितको संख्या ४७ हजार ९ सय २९ पुगेको छ।

Back to top button