कोशी अस्पतालका ११ डाक्टरसहित ७५ कर्मचारीलाई कोरोना सक्रमण

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत चिकित्सकसहित ७५ कर्मचारी कोरोना संक्रमित भएका छन् । अस्पतालका कार्यरत चिकित्सक, नर्स र कर्मचारी संक्रमित भएपछि अस्पतालबाट प्राप्त हुने स्वास्थ्य सेवा प्रभावित भएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा .चुमनलाल दासका अनुसार अस्पतालमा कार्यरत ११ डाक्टरसहित नर्स, प्यारामेडिक्स र कर्मचारीहरु एकसाथ संक्रमित भएका हुन् ।

संक्रमित बनेका चिकित्सक,नर्स र कर्मचारी सबै अहिले होम आइसोलेशनमा बसेको मेसु दासले बताउनु भयो । अस्पतालमा २५९ दरबन्दी रहेको छ । त्यसमा हाल १ सय ९१ जना मात्र अस्पतालमा कार्यरत रहँदै आएका छन् । कोशी अस्पतालमा दैनिक १ हजार बढी विरामी उपचारका लागि आउने गरेको अस्पताल प्रशासनले जनाएको छ ।

Back to top button