पत्रकार एलबी विश्वकर्माको निधन

काठमाडौं । पत्रकार एलबी विश्वकर्माको मृत्यु भएको छ। गएराति अचानक मुटुमा समस्या देखिएपछि पाटन अस्पताल लगिएको उहाँलाई डाक्टरले मृत घोषणा गरेको हो ।

एलबी अछामको रामारोशन निवासी विश्वकर्मा टिभी टुडे टेलिभिजनमा कार्यरत हुनुहुन्थ्यो । एलबीका भाइ ललित टमाटाकाअनुसार अचानक मुटुमा समस्या देखिएपछि अस्पताल लगिएको थियो।

उहाँका अनुसार एलबीको कोरोनाको एन्टिजेन परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो। क्रियाशील दलित पत्रकार संघका केन्द्रीय सदस्यसमेत रहेका विश्वकर्माले जातीय विभेदका विषयमा कमल चलाउँनुहुन्थ्यो ।

Back to top button