दक्षिण अफ्रिकासँग भारत ३२ रनले पराजित

काठमाडौं । दक्षिण अफ्रिकासँगको तीन एक दिवसीय क्रिकेट शृङ्खला अन्तर्गत पहिलो खेलमा भारत पराजित भएको छ । पर्लमा भएको पहिलो खेलमा भारत ३१ रनले पराजित भएको हो ।

केएल राहुलले टेस्टमा जस्तै एक दिवसीय क्रिकेटमा पनि कप्तानका रुपमा हारबाट सुरुवात गर्नुभएको छ । यस्तै, शार्दुल ठाकुरले अन्तिममा नटआउट अर्धशतक बनाएर भारतको हारतमा रन अन्तर कम गर्नुभयो । तर खेल पूर्णरुपमा दक्षिण अफ्रिकाको नियन्त्रणमा थियो ।

भारतीय टिमको हारको प्रमुख कारण मध्यक्रमको असफलता, स्पिनर तथा वेंकटेश अय्यरमाथि बढी बोझ दिनु र भुवनेश्वर कुमारले विगतको जस्तो खेल्न नसक्नु देखिएको हो ।

दक्षिण अफ्रिकाका कप्तान बावुमा र रासी वान डेर डुसेंको जोडीले शानदार प्रदर्शन गर्नुभएको छ । भारतले २९७ रनको लक्ष्य पछ्याएकोमा मात्रै २६५ रन बनायो ।

Back to top button