सेयर बजारमा ३३ अंकको सुधार

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा साताको अन्तिम दिन आज दोहोरो अंकको सुधार देखिएको छ। आज नेप्से ३३ दशमलव ०३ अंकले बृद्धि भएको नेपाल स्टक एक्स्चेञ्जले जनाएको छ।

यस्तै, ३३ अंकको बृद्धिसँगै नेप्से २९३१ दशमलव ३४ अंकमा पुगेको छ। नेप्सेमा सुधार भए पनि कारोबार रकम भने हिजोको तुलनामा घटेको छ। आज ५ अर्ब ७७ करोडको कारोबार भएको छ। हिजो भने ६ अर्ब २ करोडको सेयर कारोबार भएको थियो।

आज व्यापार ४४, होटल तथा पर्यटन १८, विकास बैंक १७१, जलविद्युत ७६, फाइनान्स ७७, बीमा २७० र उत्पादन तथा प्रशोधन उपसमूह ३१ अंकले बढेको छ।

Back to top button