लोकसेवा आयोगको परीक्षा स्थगित

काठमाडौं । कोरोना भाइरस संक्रमण तीव्र भएपछि लोकसेवा आयोगले पनि परीक्षा स्थगित गरेको छ । आज आयोगले माघ मसान्तसम्मका सबै परीक्षा स्थगित गर्ने निर्णय लिएको हो।

आगामी माघ १० सम्मका लागि निर्धारण भएका परीक्षा सञ्चालन भएर ११ गतेदेखिका परीक्षा भने स्थगित गरिएको लोकसेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले बताउनुभयो ।

आयोगले माघ ११ गतेदेखि उपसचिव तहको परीक्षा निर्धारण गरेको थियो। अरु विभिन्न निकायका परीक्षा पनि माघ महिनाभर सञ्चालन हुने गरी निर्धारण भएको थियो।

त्यस्तै, काठमाडौं विश्वविद्यालयले पनि परीक्षा रोक्ने निर्णय गरेको छ।

Back to top button