मोरङसहित १४ जिल्ला कोरोना संक्रमणको रेड जोनमा

विराटनगर । कोरोना संक्रमित बढ्दै गएपछि मोरङसहित देशभरका १४ जिल्ला रेड जोन परेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५०० भन्दा बढी संक्रमित भएका जिल्लालाई रेड जोनमा राखेको छ। त्यस अन्तर्गत प्रदेश १ का मोरङ, सुनसरी र झापा जिल्ला रेड जोनमा परेका छन् ।

मन्त्रालयका अनुसार बागमती प्रदेशका काठमाडौं, ललितपुर भक्तपुर, चितवन, मकवानपुर र काभ्रेपलाञ्चोक रेड जोनमा परेका छन् । मधेस प्रदेशको धनुषा रेड जोनमा परेका छन् ।

गण्डकीको कास्की, लुम्बिनीका बाँके र रुपन्देही तथा सुदूरपश्चिमको कैलालीमा रेड जोनमा परेका छन्। मन्त्रालयको तथ्यांक अनुसार हिजोसम्म नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमित संख्या ५७ हजार नाघेको छ।

सक्रिय संक्रमितमध्ये काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं‚ ललितपुर र भक्तपुरमा मात्र ३७ हजार ९३ जना छन्। पछिल्लो चार दिन यता कोरोना संक्रमित दर उकालो लागेको छ।

Back to top button