पूर्वाञ्चल विश्वविद्यालयद्धारा परीक्षा स्थगित

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयले कोभिडको जोखिमलाई मध्यनजर गर्दै सबै संकायका वार्षिक र सेमेस्टर प्रणालीका परीक्षा स्थगित गरेको छ ।

परीक्षा नियन्त्रक प्रा.मोहनबहादुर बस्नेतले आज सूचना जारी गरेर पूर्व प्रकाशित परीक्षा तालिका अनुसार सबै संकायअन्तर्गत विभिन्न शैक्षिक कार्यक्रम (वर्ष–सेमेष्टर)का सञ्चालनमा रहेका र सञ्चालन हुन बाँकी परीक्षाहरू स्थगित गरिएको जानकारी दिनुभएको हो ।

उहाँका अनुसार माघ ९ देखि माघ मसान्तसम्मका सबै परीक्षा स्थगित गरिएको हो ।

Back to top button