सिंहदरबार प्रवेशका लागि खोप कार्ड अनिवार्य

काठमाडौं । आजदेखि कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड देखाएर मात्रै सिंहदरबार प्रवेश गर्न पाइने भएको छ ।

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण रोकथामका लागि भन्दै काठमाडौं उपत्यकाका प्रशासनले आजदेखि सार्वजनिक स्थानमा जाँदा खोप कार्ड अनिवार्य गरेको हो ।

यस्तै, सरकारी कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमाहल, रंगशाला, हवाईयात्रा, पार्क आदिमा जाँदा पनि खोप कार्ड अनिवार्य देखाउनु पर्नेछ ।

Back to top button