ट्युबेल चलाउँदा करेन्ट लागेर एक पुरुषको मृत्यु

मोरङ । मोरङमा पानी तान्ने मोटर जडान गरिएको ट्युबेल चलाउने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ।

मोरङको रतुवामाई नगरपालिका–९ मा पर्ने बक्राह खोलामा काम गर्दै गर्दा करेन्ट लागेर २७ वर्षीय मदन श्रेष्ठको मृत्यु भएको विराटनगरस्थित १ नं. प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

यस्तै, कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नवीनराज राईका अनुसार खोलामा झोलुंगे पुल निर्माणका क्रममा हिजो बेलुका करिब ६ बजे पानी तान्ने ट्युबेल चलाउँदा श्रेष्ठलाई करेन्ट लागेको थियो। पूर्व रुकुमको घुमे गाउँपालिका घर भएको श्रेष्ठ सोही पुल निर्माणमा काम गर्दै आउनुभएको थियो ।

करेन्ट लागेर घाइते हुनुभएका श्रेष्ठलाई उपचारका लागि उर्लाबारी नगरपालिकास्थित अरनिको अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे इलाका प्रहरी कार्यालय सिजुवाको टोलीले थप अनुसन्धान गरिरहेको प्रवक्ता राईले जानकारी दिनुभयो ।

Back to top button