कांग्रेसको १६ जिल्लाकै अधिवेशन फेरि पनि स्थगित

काठमाडौं । नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन फेरि पनि स्थगित भएको छ। यही माघ १५ गते तय भएको अविधेशनमा कोरोना महामारीका कारण निर्वाचन समितिले स्थगित गरेको हो।

निर्वाचन समितिका सचिव केशव रिजालका अनुसार आज बसेको बैठकले अर्को निर्णय नभएसम्मका लागि बैठक स्थगित गरेको छ। गत मंसिर २४ देखि २८ गतेसम्म केन्द्रीय महाधिवेशन भए पनि नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन गर्न सकेको छैन।

अविधेशन हुन बाँकी जिल्लामा मधेश प्रदेशका आठसहित छन्। मधेस प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सासहित सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाममा अधिवेशन हुन बाँकी छ।

Back to top button