एकीकृत समाजवादीका सल्लाहकार मानन्धरको निधन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार लक्ष्मीदास मानन्धरनको निधन भएको छ।

उहाँको आज निधन भएको हो। मानन्धनर राष्ट्रिय सभाका पूर्वसदस्य समेत हुनुहुन्थ्यो । उहाँको निधनप्रति समाजवादीका अध्यक्ष माधवकुमार नेपालले श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

अध्यक्ष नेपालले भन्नुभएको छ, ‘हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सल्लाहकार, राष्ट्रिय सभाका पूर्व सदस्य एवं वरिष्ठ समाजसेवी कमरेड लक्ष्मीदास मानन्धरको निधन भएकोले उहाँप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

Back to top button