अमेरिकी एनआरएनसँग अभिनेत्री रेखा बिवाह बन्धनमा बाँधिने

काठमाडौं । आगामी बैशाखमा अभिनेत्री रेखा थापा बिवाह बन्धनमा बाँधिने हुनुभएको छ । उहाँ निकट स्रोतका अनुसार नयाँवर्षमा एक अमेरिकी गैरआवासीय नेपालीसँग उहाँले बिहे गर्न लाग्नुभएको हो ।

स्रोतका अनुसार ती युवकबीच रेखाको बिहेको मगनी अन्तिम चरणमा पुगेको छ । ‘सबै कुरा ठीकठाक भए फागुनमा इन्गेजमेन्ट र बैशाखमा बिहे हुने तयारी छ ।

३९ वर्षिया अभिनेत्री रेखाले बिहेको लागि अहिले तयारी गरिरहनुभएको छ । फिल्म निर्माता छवि ओझासँग पहिलो बैबाहिक सम्बन्ध टुंगिएपछि उहाँ सिंगल हुनुहुन्थ्यो ।

हालैको एक टिभी अन्तवार्तामा पनि उहाँले आफूले लभ र एरेन्ज बिहे गर्न लागेको बताउनुभएको थियो । स्रोतका अनुसार अभिनेत्री रेखाको बिवाहका लागि उहाँकापरिवारले तयारी गरिरहेको छ ।

Back to top button