माओवादी केन्द्रको बैठक पेरिसडाँडामा जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा निवर्तमान स्थायी समिति र आयोगका अध्यक्षहरूको बैठक बसेको हो ।

बैठकमा पार्टी कमिटीलाई पूर्णता दिने विषय, आसन्न राष्ट्रियसभा निर्वाचन, स्थानीय तहको निर्वाचनलगायत विषयमा धारणा बनाउने विषयमा छलफल भइरहेको नेताहरुले बताएका छन्।

माओवादी केन्द्रको पुसमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनमा २ सय ४६ केन्द्रीय सदस्य र अध्यक्षमात्रै चुनेको थियो। महासचिवसहित अन्य पदाधिकारी चयन गर्न बाँकी छ ।

त्यसैगरी बाँकी केन्द्रीय सदस्य, स्थायी कमिटी सदस्य पनि टुंग्याउन बाँकी छ। यी विषयमा पनि छलफल भएको छ। माओवादीमा महासचिव छान्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिइएको छ।

Back to top button