ठूलो इन्डस्ट्री भनेपछि नर्भस भइँदो रहेछ: अभिनेता कार्की

काठमाडौं । नेपाली फिल्म उद्योगको लोकप्रिय अभिनेता विपिन कार्की बलिउडमा डेब्यु गर्ने तयारीमा हुनुहुन्छ ।

उहाँलाई अर्जुन रेड्डी, कबिर सिंहलगायतका फिल्म निर्देशन गर्नुभएका सन्दिप रेड्डी भांगाले आफ्नो नयाँ फिल्म ‘एनिमल’का लागि अफर गर्नुभएको छ । जसमा विपिनले रणवीर कपुर र अनिल कपुरलगायत कलाकारसँग काम गर्नुहुनेछ ।

विपिनले पाराडाइम पोडकास्टमा सिसन बानियाँसँग कुरा गर्दै बलिउडबाट आफूलाई अफर आएको भन्ने विश्वास नै नभएको बताउनुभएको छ ।

‘सुरुमा सुन्दा खुसीले ओतप्रोत नै भएजस्तो भएँ। ल यो साँच्चै भनिराछ कसैले? प्राङ्क त गरिराको छैन? भन्ने भयो‘‚ उहाँले भन्नुभएको छ, ठूलो ठाउँ, ठूलो इन्डस्ट्री केही कुरा देख्न पाइएला नि त। सबैले भनिराखेको, ट्राइ गरौँ न एकचोटी भन्ने जस्तो पनि हुने रहेछ।

धेरै कुरा सिक्न पाइएला कि भन्ने पनि लागेको छ।’ साथै‚ सबैजना बढी उत्साहित भएको देखेर आफूलाई एक किसिमको प्रेसर महसुस भएको पनि उहाँले बताउनुभयो ।

यस्तै, फिल्ममा विपिनको अधिकांश सिन अनिल कपुरसँग रहेको बताइएको छ। उहाँले भन्नुभएको छ,ला के गर्ने होला त? त्यत्रो त्यत्रो सुपरस्टारहरू, हामीले बच्चा बेलादेखि हेरेको अनिल कपुरसँग म्यक्सिमम सिन छ भनेको छ। मै जति एक्टिङ गरे पनि त्यो ठूलो इन्डस्ट्रि हो भनेर एक खालको नर्भसनेस चाहिँ हुने रहेछ।’

साथै‚ डराउनु, नर्भस हुनु भनेको कामलाई लिएर गम्भीर हुनु पनि रहेको विपिनले बताउनुभएको छ ।

Back to top button