सप्तरीमा दुबै डोज खोप लगाएको एक जनाको संक्रमणबाट मृत्यु

सप्तरी । कोरोना भइरस संक्रमणका कारण सप्तरीमा थप एक जनाको गएराति मृत्यु भएको छ ।

सप्तरीको विष्णुपुर गाउँपालिका–७ का ६५ बर्षीय एक पुरुषको संक्रमणका कारण मृत्यु भएको हो । विरामी परेपछि उनलाई राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो ।

उनको पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । उपचारकै क्रममा हिजो मृत्यु भएको विष्णुपुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिलकुमार यादवले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘मृतकले कोरोनाको खोप दुबै डोज खोप लगाए पनि उनी विभिन्न रोगबाट पीडित थिए । यसअघि गतसोमबार सप्तरीको रूपनी गाउँपालिका– १ कि ७५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

Back to top button