भोली देशभरका न्यायालय बन्द

काठमाडौं । भोली देशभरका न्यायालयहरू बन्द हुने भएका छन्। पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा भोलि देशभरका न्यायालयहरू बन्द हुने भएका हुन्।

शर्माको गतबुधबार निधन भएको थियो। आज सर्वोच्च अदालतको आकस्मिक पूर्णबैठकले शोक प्रस्ताव पारित गरी भोली देशभरका अदालतहरू बिदा गर्ने निर्णय गरेको हो।

काठमाडौंको कमलपोखरीमा १९९१ साल पुस १ गते जन्मेका पूर्वप्रधानन्यायाधीश शर्मा २०१६ सालदेखि सरकारी सेवामा प्रवेश गर्नुभएको थियो। उहाँ २०५४ साल चैत ३० देखि २०५६ मंसिर ३० गतेसम्म प्रधानन्यायाधीश हुनुहुन्थ्यो । उहाँको आज अन्त्येष्टि गरिएको हो।

Back to top button