एमाले अध्यक्ष ओलीको पत्रकार सम्मेलन स्थगित,वक्तव्यमार्फत धारणा सार्वजनिक गरिने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधन तथा पछिल्लो राजनीतिक तथा आर्थिक संकटबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित भएको छ।

कोरोना भइरसको माहामारी जोखिम उच्च हुँदै गएपछि आज दिउँसो १ बजे गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित गरिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

यस्तै, सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउने गरी स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरेकाले पत्रकार सम्मेलन स्थगित गरिएको उहाँको भनाइ छ। अध्यक्ष ओलीले वक्तव्यमार्फत पार्टीको धारणा सार्वजनिक गर्नेहुनुभएको छ ।

Back to top button