गुडिरहेको जीपमाथी ढुङ्गा खस्दा ३ जनाको मृत्यु

ओखलढुङ्गा । गुडिरहेको बोलेरो जीपलाई माथि ढुङ्गा खस्दा ओखलढुङ्गामा ३ जनाको मृत्यु भएको छ। सडक निर्माण गर्दै गरेको डोजरले माथिबाट लडाएको ढुङ्गाले किच्दा को १ ज ३५६९ नम्बरको बोलेरोमा सवार ३ जनाको घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका १ का ७ वर्षीया युनिषा कोइराला, १० वर्षीय इशव कोइराला र मानेभञ्ज्याङ गाउँपालिका १ मोलीका ३० वर्षीय हेमबहादुर मगर रहेको ओखलडुङ्गा प्रहरीले जनाएको छ ।

दुर्घटनामा जिपमा सवार देवबहादुर श्रेष्ठ, सञ्जीव श्रेष्ठ, लक्ष्मी कोइराला घाइते हुनुभएको छ । घाइतेको अहिले ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ भने थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं पठाउने तयारी भइरहेको छ।

सिद्धिचरण नगरपालिकाको गहतेबाट सदरमुकामतर्फ आउँदै गरेको बोलेरोलाई गुडिरहेकै अवस्थामा नारायणस्थलको सोतीभीरमा डोजरले निकालेको ढुंगा पल्टिएर किच्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।

Back to top button