भक्तपुरमा निस्सासिएर शिशुको मृत्यु, बुबा आमाको उपचार हुँदै

काठमाण्डौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–४ दधिकोट गाम्चामा निसासिएर तीन महिनाको शिशुको मृत्यु भएको छ ।

महानगरिय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायव उपरिक्षक राजु पाण्डेले शिशुका बुबाआमाको बेहोस अवस्थामा उपचार भइरहेको जानकारी दिनुभयो ।

गाम्चामा भावना थापाको जस्ता पाताले छाएको घरमा डेरा गरी बस्ने रामेछाप मन्थलीका ३० वर्षका अभिषेक रम्तेल र पसुना तामाङका तीन महिने छोराको उपचारका क्रममा बिहान ज्यान गएको हो।

प्रवक्ता पाण्डेले गएराति आगो तापेर सुतेका उनीहरु बिहान अबेरसम्म नउठेपछि प्रहरीले बिहान झ्याल फोडेर हेर्दा सबै बेहोस अवस्थामा भेटिएको बताउनुभयो । दुई जनाको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रवक्ता पाण्डेले जानकारी दिनुभयो ।

Back to top button