स्थानीय तह खालि गराउने सरकारको षडयन्त्रः हिक्मत कार्की

विराटनगर । नेकपा एमालेका स्थायी कमिटी सदस्य हिक्मत कार्कीले वर्तमान सरकार स्थानीय तह खाली गराएर भाग्ने प्रपञ्चमा लागेको आरोप लगाउनुभएको छ ।

आज सामाजिक सञ्जालमा लेख्दै उहाँले सरकारलाई संविधान विपरीत स्थानीय तह खालि गराएर भाग्ने काम नगर्न समेत सुझाव दिनुभएको छ ।

संघ, प्रदेश र स्थानीय जुनसुकै निर्वाचन गराएपनि एमाले तयार रहेको भन्दै उहाँले संविधान विपरीतको काम गर्ने षणयन्त्र भने सफल नहुने चेतावनी दिनुभएको छ ।

उहाँले लेख्नुभएको छ,‘सरकार ! निर्वाचन पहिला संघ, प्रदेश र स्थानीय जुन गर्छौ गर नेकपा (एमाले) तयार नै छ , तर अनेक बहानामा संविधान मिचेर स्थानीय तह खाली गराएर भाग्ने काम नगर ! तिम्रा षडयन्त्र सफल हुने छैनन ।’

Back to top button