थप ६४ सय ६२ संक्रमित, चारको मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप ६ हजार ४ सय ६२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १७ हजार ४ सय ३७ जनामा गरिएको परिक्षणमा ६ हजार ४ सय ६२ जना संक्रमित भेटिएका हुन्।

यस्तै, आज ४ जना संक्रमितको मृत्यु भएको छ। भने १ हजार ४ सय १६ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर ७७ हजार ४० जना सक्रिय संक्रमित रहेका छन्।

Back to top button