त्रिविको पढाइ भोलिदेखि अनलाइन माध्यमबाट हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले भोलि बाट अनलाइन माध्यमबाट पढाउने भएको छ।

कोरोना माहामारीका कारण अनलाइनबाट पढाउने त्रिवि कार्यकारी परिषदबाट निर्णय भएको त्रिविले जनाएको हो। त्रिविले सबै क्याम्पसलाई अनलाइनबाट पढाउने व्यवस्था गर्न आग्रह पनि गरेको छ।

‘भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न नसक्ने अवस्थालाई मध्यनजर गर्दै २०७८ माघ ११ गतेदेखि सबै सैद्धान्तिक कक्षा अनलाइनको माध्यमबाट सञ्चालन गर्ने त्रिवि कार्यकारी परिषदको निर्णय भएको छ,’त्रिविको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले आज जारी गरेको सूचनामा उल्लेख छ।

Back to top button