६ महिनामा २ अर्बको प्याज आयात

काठमाडौं । चालू आर्थिक वर्ष २०७८–७९ को ६ महिनामा भारतबाट करिब २ अर्बको प्याज आयात भएको छ । यो वर्षको साउनदेखि पुससम्ममा भारतबाट उक्त मूल्यको प्याज भित्रिएको भन्सार विभागले जानकारी दिएको छ ।

यस अवधिमा भारतबाट ८ करोड २ लाख ८२ हजार किलो प्याज आयात भएको हो । आयातकर्ताले २६ करोड ६२ लाख रुपैयाँ भन्सार राजश्व संकलन भएको छ । हरेक वर्ष नेपालले भारतबाट अर्बौ रुपैयाँको खाद्यान्न आयात गर्दै आइरहेको छ ।

प्याजसहित लसुन, अदुवा, आलु, गोलभेँडा लगायतका दैनिक उपभोग्य वस्तु समेत ठूलो परिमाणमा भारतबाट भित्रिँदै आएको विभागले जनाएको छ ।

Back to top button