आजको मौसम :उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण आज पहाडी भू–भागको केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मंगलबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। दिउँसो पहाडी भू–भागमा सामान्य बदली भई थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। बाँकी भू–भागमा आंशिक बदली रहने छ। उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राति पनि पहाडी भूभागमा सामान्य बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहने छ। हाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

Back to top button