बिहेको रथको स्टेरिङ फेल हुँदा दुर्घटना, दुई जनाको मृत्यु, १४ जना घाइते

वीरगञ्ज । बाराको आदर्श कोतवाल गाउँपालिकामा जन्तीका लागि तयारी अवस्थामा रहेको रथको स्टेरिङ फेल हुँदा दुर्घटना भएको छ । दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा आदर्श कोतवाल गाउँपालिका–३ कि १६ वर्षीया निलमकुमारी राम र आफन्तको बिहेमा आएकी सिम्रौनगढ नगरपालिका निवासी २५ वर्षीया बालकुमारी राम रहेको प्रहरीले जनाएको छ ।

हिजो बतरा निवासी श्रीराम महरा चमारको बिहेमा जन्ति लिएर जान लागेको रथको स्टेरिङ फेल भइ जन्तीका लागि भेला भएको समूहमाथि पल्टिएको थियो ।

रथ पल्टिदा च्यापिएर दुई जनाको घटनास्थलमा नै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

Back to top button