राष्ट्रियसभा निर्वाचनः मधेश प्रदेशमा मतदान स्थल नजिकै झडप

जनकपुरधाम । राष्ट्रियसभा सदस्यका लागि मतदान भइरहेको स्थल नजिकै सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

मतदानस्थलतर्फ अघि बढेको जुलुस रोक्न खोज्दा तिरहुतिया गाछीमा झडप भएको प्रहरीले जनाएको छ । झडपको क्रममा प्रहरीले ६ राउण्ड आश्रुग्यास प्रहार गरेको छ । जनमत पार्टी मधेशमा किसानका विभिन्न मुद्दा अघि सार्दै आन्दोलित छ ।

अहिले जनमत पार्टिका कार्यकर्ताहरु मल देऊ, मत लेउ भन्दै नाराबाजी समेत गरेका छन् । हातमा भाटा बोकेर मतदान स्थलतर्फ लागेका सिके राउतका कार्यकर्ताहरूलाई रोक्न खोज्दा झडप भएको हो ।

Back to top button