चाँदीको मूल्य स्थिर रहँदा सुनको मूल्य बढ्यो

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज चाँदीको मूल्य स्थिर रहँदा सुनको मूल्य भने बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ४०० रूपैयाँ रहेको छ।

मंगलबार प्रतितोला ९४ हजार रूपैयाँमा कारोबार भएको थियो। यस्तै‚ तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रूपैयाँ तोकिएको छ। हिजो प्रतितोला ९३ हजार ५०० रूपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको छ।

हिजो प्रतितोला एक हजार ३०० रूपैयाँमा कारोबार भएको थियो। महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८४७ डलर आसपास कारोबार भइरहेको छ।

Back to top button