प्रदेश–१ मा राष्ट्रिय सभा निर्वाचन सम्पन्न ,एक सांसद र दुई स्थानीय तहका प्रतिनिधिले गरेनन् मतदान

विराटनगर । प्रदेश–१ मा राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान सम्पन्न भएको छ । राष्ट्रिय सभाको निर्वाचनमा एक जना सांसद र दुई स्थानीय तहका जनप्रतिनिधि मतदानमा अनुपस्थित भएका छन् ।

उक्त प्रदेश सभामा भएका ९२ सांसदमध्ये ९१ जनाले मतदान गरेको निर्वाचन अधिकृत भरत लम्सालले बताउनुभयो । यस्तै, प्रदेश सभा सदस्यमा गुलेफुन खातुन निर्वाचनमा सहभागी हुनुभएन । उहाँ अदालतबाट दोषी ठहर भएपछि फरार हुनुभएको छ । उहाँ एमालेबाट निर्वाचित हुनुभएको प्रदेश सांसद हो ।

त्यस्तै, गौरीगञ्ज गाउँपालिकाको अध्यक्ष बाबुराजा श्रेष्ठ पनि राष्ट्रिय सभा सदस्यको मतदानमा सहभागी हुनुभएन । उहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित हुनुभएको हो ।

विराटनगर महानगरपालिकाको उपमेयर इन्दिरा कार्की पनि मतदानमा सहभागी हुनुभएन । उहाँ विरामी भएका कारण काठमाडौंमा उपचाररत हुनुहुन्छ । उहाँ कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हो ।

Back to top button